प्रधानमन्त्रीको प्रेस र अनुसन्धान विज्ञमा पत्रकार दीपा नियुक्त
काठमाडौं : पत्रकार दीपा दाहाल प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा नियुक्त भएकी छिन्। प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उनलाई शुक्रवारबाटै सो पदमा नियुक्त गरिएको हो। उनी दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय छिन्।
सचिवालयका अनुसार दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्नेछिन्। दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन विधामा २० वर्षभन्दा बढीको व्यवसायीक पत्रकारिताको अनुभव छ। उनी पछिल्लो समय उकालो डट कममा वरिष्ठ संवाददाताको रूपमा कार्यरत थिइन्।
चैत २०, २०८२ शुक्रबार १९:२०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।