क्रम्प्टनको नयाँ वर्ष योजना सार्वजनिक, उपहारमा माइदिया रेफ्रिजेरेटर
काठमाडौं : सिजी इलेक्ट्रोनिक्सले नयाँ वर्षलाई लक्षित गरी क्रम्प्टन ब्रान्डअन्तर्गत ‘गर्मीले होइन, क्रम्प्टनले जित्छ’ नामक विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ।
गर्मी मौसमलाई लक्षित गरी ल्याइएको योजनाले कुलिङ समाधानसँगै आकर्षक उपहार जित्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ। अफरअन्तर्गत क्रम्प्टनका उत्पादन खरिद गर्ने ग्राहकले सामग्रीमा रहेको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गराउनुपर्नेछ।
सहभागीहरूमध्येबाट लक्की ड्रमार्फत भाग्यशाली विजेता छनोट गरिने कम्पनीले जनाएको छ। योजनाको बम्पर उपहारमा २३६ लिटरको 'माइदिया' डबल डोर रेफ्रिजेरेटर राखिएको छ भने प्रत्येक १५ दिनमा एक जनालाई क्रम्प्टन मिक्सर ग्राइन्डर प्रदान गरिनेछ।
ऊर्जा दक्षता र टिकाउपनका लागि परिचित भारतीय ब्रान्ड क्रम्प्टनका उत्पादनहरू चौधरी समूह अन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले नेपालभर वितरण गर्दै आएको छ। ग्राहकले नजिकैको आधिकारिक डिलर वा शोरूमबाट यस योजनामा सहभागी हुन सक्नेछन्।
चैत २०, २०८२ शुक्रबार १८:३८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।