‘राम नाम सत्य’को ट्रेलर ट्रेन्डिङको शीर्ष स्थानमा, २४ घण्टामै १० लाख भ्यूज
काठमाडौं : आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा उक्लिएको छ। बुधबार सार्वजनिक भएको ट्रेलरले २४ घण्टाभित्रै १० लाखभन्दा बढी भ्यूज र २६ सयभन्दा बढी प्रतिक्रिया प्राप्त गरेको छ।
माइकल चन्दको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलरले १० घण्टामै नेपालको सिनेमा विधाअन्तर्गत शीर्ष स्थान ओगटेको थियो। सस्पेन्स, प्रेम र एक्सन समेटिएको ट्रेलरमा बिराज भट्टको द्वन्द्व, सुशील श्रेष्ठ र दिव्या रायमाझीको प्रेम तथा आयुष सिंह ठकुरीको रहस्यमयी भूमिकालाई प्राथमिकता दिइएको छ।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा उपेन्द्र शाही र स्वेता विमलीले निर्माण गरेको फिल्म चैत २७ गतेदेखि देशभर एकल (सोलो) प्रदर्शनमा आउनेछ। फिल्मका गीतहरू ‘धागोले बाटेको’ र ‘हुम्लाको सिमी’ले पनि यसअघि नै चर्चा कमाइसकेका छन्। वितरक गोविन्द शाहीले ट्रेलरको प्रतिक्रियाका आधारमा फिल्म व्यावसायिक रूपमा सफल हुने अपेक्षा गरेका छन्।
चैत २०, २०८२ शुक्रबार १८:२३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।