माइडियाको नयाँ वर्ष योजना : ३७ हजारसम्म क्यासब्याक र बम्परमा फ्रिज जित्ने मौका

माइडियाको नयाँ वर्ष योजना : ३७ हजारसम्म क्यासब्याक र बम्परमा फ्रिज जित्ने मौका

काठमाडौं : ‘माइडिया’ले नयाँ वर्ष २०८३ को अवसरमा ‘न्यु इयर न्यु भाइब’ नामक उपहार योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकले माइडियाका विभिन्न उत्पादन खरिद गर्दा ३७ हजार ७०० रुपैयाँसम्म क्यासब्याक (नगद छुट) का साथै निश्चित उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

योजनाअनुसार ‘साइड बाइ साइड’ तथा ‘मल्टी डोर फ्रिज’ खरिद गर्दा माइडियाको इन्डक्सन चुलो निःशुल्क पाइनेछ।

त्यस्तै, ‘फ्रन्ट लोड वासिङ मेसिन’मा ६ केजी, ‘टप लोड’मा २ केजी र ‘सेमी अटोमेटिक वासिङ मेसिन’ खरिदमा १ केजी एरियल पाउडर उपहार दिइनेछ।

डिसवासर खरिदमा २ वटा डिसवासर ट्याब्लेट र माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट पाइनेछ।

यसका साथै, ग्राहकले बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत माइडियाको 'मल्टी डोर फ्रिज' जित्न सक्नेछन्। यसमा सहभागी हुन ग्राहकले सामान खरिद गरेपछि क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ।

माइडियाका उत्पादनहरू नेपालमा चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले बिक्री वितरण गर्दै आएको छ। देशभर रहेका सीजीका शोरुम र अधिकृत बिक्रेतामार्फत माइडियाका सामग्री खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

चैत २०, २०८२ शुक्रबार १४:१३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।