बजाजको नयाँ वर्ष योजना : क्यूआर स्क्यान गर्दा १ लाखसम्म जित्ने मौका

बजाजको नयाँ वर्ष योजना : क्यूआर स्क्यान गर्दा १ लाखसम्म जित्ने मौका

काठमाडौं : नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयरको क्यूआर’ नामक उपहार योजना सार्वजनिक गरेको छ।

‘अब क्यूआर गरी क्यास तिर्ने हैन, क्यास जित्ने !’ नारासहित ल्याइएको यस योजनामा ग्राहकले डिजिटल माध्यमबाट क्यूआर स्क्यान गरी गेम खेल्न र पुरस्कार जित्न सक्नेछन्। कम्पनीका अनुसार यस योजनाअन्तर्गत गेम खेल्नेमध्ये दैनिक एक जना भाग्यशाली सहभागीले स्मार्टवाच जित्नेछन्।

त्यस्तै, बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्म नगद तथा अन्य आकर्षक उपहार जित्ने अवसर पाउनेछन्। ग्राहकले बजाजका आधिकारिक शोरुम, सञ्चारमाध्यम, सामाजिक सञ्जाल वा अन्य जुनसुकै स्थानमा राखिएको क्यूआर कोड स्क्यान गरेर यसमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।

भुक्तानीका लागि मात्र प्रयोग हुँदै आएको क्यूआर कोडबाट अब नगद र उपहार जित्ने नयाँ अनुभव दिन यो योजना ल्याइएको गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बताए। यो योजना देशभरका सबै आधिकारिक बजाज शोरुममा लागू हुनेछ।

चैत २०, २०८२ शुक्रबार १४:०६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।