कजारिया टायललाई अन्तर्राष्ट्रिय मान्यता र अवार्ड

कजारिया टायललाई अन्तर्राष्ट्रिय मान्यता र अवार्ड

काठमाडौं : प्रतिष्ठित टायल ब्रान्ड ‘कजारिया’ले विभिन्न अन्तर्राष्ट्रिय मान्यता र अवार्डहरू प्राप्त गरेको छ।

रमेश कर्पसँगको सहकार्यमा नेपालमै उद्योग सञ्चालन गरिरहेको कजारियाले विभिन्न अन्तर्राष्ट्रिय मान्यता र अवार्ड प्राप्त गरेको हो।

विश्वका ८औँ ठूला टायल उत्पादक कम्पनीमध्ये पर्ने कजारियाले लगातार १४ वर्षदेखि ‘सुपरब्रान्ड’ र ‘एशियाको सबैभन्दा आशाजनक ब्रान्ड’को उपाधि जित्दै आएको छ।

कम्पनीले गुणस्तरका लागि 'आईएसओ ९००१:२०१५' र वातावरणमैत्री सञ्चालनका लागि 'आईएसओ १४००१:२०१५' जस्ता अन्तर्राष्ट्रिय प्रमाणीकरण प्राप्त गरेको छ।

यसका साथै राष्ट्रिय गुणस्तर मापदण्डहरू समेत पूरा गरी कम्पनीले भर्खरै 'एनएस क्वालिटी अवार्ड'  प्राप्त गरेको छ।

कजारियाले रमेश कर्पसँगको संयुक्त लगानीमा 'कजारिया रमेश टाइल्स लिमिटेड'मार्फत नेपालकै सबैभन्दा ठूलो टायल उद्योग सञ्चालन गरिरहेको छ।

यस उद्योगको वार्षिक उत्पादन क्षमता ५२ लाख (५.२ मिलियन) वर्ग मिटर रहेको छ, जसले नेपाललाई टायल उत्पादनमा आत्मनिर्भर बन्न मद्दत पुर्याएको छ।

अत्याधुनिक प्रविधि जडित कजारियाको विश्वव्यापी कुल वार्षिक उत्पादन क्षमता भने ८ करोड १५ लाख (८१.५५ मिलियन) वर्ग मिटरभन्दा बढी छ।

कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले कम्पनी सधैँ उत्कृष्टता, नवप्रवर्तन र उपभोक्ताको विश्वासप्रति प्रतिबद्ध रहेको बताए। 

हाल नेपालभर १०० भन्दा बढी शोरूम विस्तार गरिसकेको कम्पनीले ३ हजारभन्दा बढी डिजाइनका टायलहरू बजारमा उपलब्ध गराएको छ।

चैत २०, २०८२ शुक्रबार १३:३५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।