जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन्।
उनले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गए राति भेटेका हुन्।
चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारे पनि मन्त्री गुरुङले जानकारी लिनुभएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।
घाइतेहरूलाई पूर्वसांसद डा सुनिल शर्माले निःशुल्क उपचार गर्द आएका छन्।
निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा शर्माप्रति आभार व्यक्त गरेका छन्।
चैत २०, २०८२ शुक्रबार १३:१०:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।