राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनको कार्यतालिका सार्वजनिक
काठमाडौं : राष्ट्रियसभाको उपाध्यक्ष पदमा यही चैत २३ गते हुने निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले कार्यतालिका प्रकाशन गरेको छ।
सभाको बिहीबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले दिएको निर्देशनबमोजिम सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले सूचना जारी गर्दै सो पदमा निर्वाचित गरियोस् भनी चैत २२ गते दिउँसो साढे २ देखि अपराह्न साढे ३ बजेसम्म सिंहदरबारस्थित सचिवालयमा प्रस्तावको सूचना दर्ता गर्न समय निर्धारण गरिएको छ।
सोही दिन ४ बजे दर्ता भएको प्रस्तावलाई सूची प्रकाशन गर्ने र चैत २३ गते सवा १ मा हुने सभाको बैठकमा प्रस्ताव र समर्थनपछि निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ।
चैत १९, २०८२ बिहीबार १८:४५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।