उपसभापति अर्याललाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

उपसभापति अर्याललाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी उपसभापति डिपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले अर्याललाई सभामुखको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको हो।

बैठकमा पार्टी सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए, जसलाई संसदीय दलले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। रास्वपा प्रवक्ता मनिष झाले सभापति लामिछानेको प्रस्तावलाई बैठकले अनुमोदन गरेको जानकारी दिए। 

अर्याल विघटित प्रतिनिधिसभाका सदस्य थिए। प्रतिनिधिसभामा रास्वपा १८२ सांसदसहित दुई तिहाइ बहुमतको नजिक छ। सभामुख चयनका लागि संसद् सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। 

सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। दर्ता भएका उम्मेदवारीमाथि आवश्यक प्रक्रिया पूरा गरी आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकले नयाँ सभामुख चयन गर्नेछ। पार्टीभित्र र बाहिर सन्तुलित भूमिका खेल्न सक्ने नेताका रूपमा अर्याललाई हेरिन्छ। 

चैत १९, २०८२ बिहीबार १७:५७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।