एलजीले ल्यायो नयाँ वर्ष अफर ‘डिजाइन योर ड्रिम होम’, ४१ प्रतिशतसम्म छुट र उपहारको व्यवस्था

एलजीले ल्यायो नयाँ वर्ष अफर ‘डिजाइन योर ड्रिम होम’, ४१ प्रतिशतसम्म छुट र उपहारको व्यवस्था

काठमाडौं : सीजी इलेक्ट्रोनिक्सले नेपाली नयाँ वर्षको अवसर पारेर एलजी ब्राण्डका घरायसी उपकरणहरूमा ‘डिजाइन योर ड्रिम होम’ उपहार योजना सार्वजनिक गरेको छ।

एलजीका उत्पादनहरूको खरिदमा ४१ प्रतिशतसम्मको नगद छुट र विभिन्न पक्का उपहारहरू उपलब्ध गराइने कम्पनीले जनाएको छ। नयाँ वर्षमा घरलाई स्मार्ट र आरामदायक बनाउने उद्देश्यले ल्याइएको यस योजनामा विभिन्न उत्पादन श्रेणीमा छुट्टाछुट्टै अफरहरू राखिएका छन्। 

जसअनुसार टेलिभिजन, अडियो सिस्टम, भ्याकुम क्लिनर र ३०८ लिटरसम्मका फ्रिजको खरिदमा ४१ प्रतिशतसम्म क्यासब्याक प्राप्त हुनेछ। वासिङ मेसिनतर्फ फ्रन्ट लोडमा ६ केजी, टप लोडमा २ केजी र ट्विन टबमा १ केजी एरियल डिटर्जेन्ट निःशुल्क प्रदान गरिनेछ।

त्यस्तै, ३४० लिटरभन्दा माथिका साइड-बाइ-साइड र डबल डोर फ्रिज खरिद गर्ने ग्राहकले उपहारस्वरूप मिक्सर प्राप्त गर्नेछन् भने डिसवासरको खरिदमा दुई प्याक वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट उपलब्ध गराइएको छ। एयर कन्डिसनर खरिद गर्ने ग्राहकका लागि कम्पनीले निःशुल्क इन्स्टलेसन सेवा दिने घोषणा गरेको छ।

खरिद प्रक्रियालाई थप सहज बनाउन सीजी इलेक्ट्रोनिक्सले शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा समेत प्रदान गरेको छ, जसका लागि न्यूनतम कागजातका रूपमा नागरिकता भए पुग्ने बताइएको छ। सीमित अवधिका लागि लागू गरिएको यो अफर नेपालभर रहेका एलजीका आधिकारिक सोरुम तथा खुद्रा पसलहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ। 

चैत १९, २०८२ बिहीबार १७:३४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।