‘राम नाम सत्य’को ट्रेलरमा देखियो सस्पेन्स, प्रेम र एक्सन

‘राम नाम सत्य’को ट्रेलरमा देखियो सस्पेन्स, प्रेम र एक्सन

काठमाडौं : माइकल चन्द निर्देशित फिल्म ‘राम नाम सत्य’को सस्पेन्स, प्रेम र एक्सनदार ट्रेलर रिलिज भएको छ। बिहीबार निर्माण टिमले काठमाडौंको वान सिनेमाज हलमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर रिलिज गरेको हो।

निर्देशक माइकल चन्दकै कथा, पटकथा तथा लेखनमा रहेको यो फिल्मको ट्रेलरमा बिराज भट्ट, सुशील श्रेष्ठको दमदार एक्सन र संवाद सुन्न सकिन्छ। जहाँ सुशील श्रेष्ठ र अभिनेत्री दिव्या रायमाझीको प्रेमिल जोडीका रूपमा देखिन्छन्। साथै बिराज र सुशीललाई भने निर्देशकले एक्सनमा उतारेका छन्।

फिल्ममा बिराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्टका अलावा टिकटकबाट अभिनेताका रूपमा आएका आयुष सिंह ठकुरी, नव अभिनेत्री खुसी कार्कीको भूमिका विशेष देखिएको छ। यस बाहेक अन्य कलाकारमा दिनेश डिसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जिसी, हेमा खड्का,दीपक कोइराला, विनुता विमली, सरोज शाह लगायतको पनि अभिनय रहेको छ।

माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ। फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् भने फिल्मका सह-निर्माता तेजराज चटौत र दमन बहादुर चन्द सह-निर्माताको रूपमा छन्।

मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्यूसरको रूपमा छन्। काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्यूसनको वितरण रहने यो फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको संगीत छ।

फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन रहेको छ भने बन्दे प्रसादको सम्पादन छ। काला चरणको ब्याक ग्राउन्ड म्युजिकमा निर्माण भएको यस फिल्ममा नृत्य निर्देशन सियोन श्रेष्ठको छ।

चैत १९, २०८२ बिहीबार १७:२१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।