लाउडादेखि सहकारी ठगसम्मलाई कार्वाहीको दायरामा ल्याउन ज्ञानेन्द्र शाहीको माग
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सहकारी ठगीमा संलग्नहरूलाई कानुनी कार्वाहीको दायरामा ल्याउन माग गरेका छन्। प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले सरकारी कोषबाट नभई मकै पोलेर जम्मा गरेको गरिबको रकम ठगी गर्नेहरूको तीन पुस्ते सम्पत्तिबाट ठगीको रकम असुल्न माग गरे।
उनले यस्तो माग गर्दा सहकारी ठगीको अभियोगमा विभिन्न जिल्ला अदालतमा तारेख धाइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त्यही बैठकमा सहभागी थिए।
उनले पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङको गतिविधिले आस जगाएको भन्दै लाउडादेखि सहकारी ठगीमा संलग्नसम्मलाई कानुनी कार्वाहीको दायरामा ल्याउन माग गरे। उनले हिजोका दिनमा पनि संसदमा बहुमतको घमन्ड नगर्न आग्रह गरिएको र अहिले पनि गर्ने भन्दै भने "बहुमत भनेको क्षणिक हो।"
चैत १९, २०८२ बिहीबार १५:४५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।