५ अंक बढ्यो सेयर बजार, ८ अर्ब ८१ करोडको कारोबार
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। दिनभरको उतारचढावबीच सेयर बजार सामान्य अंकले बढेको हो।
नेपाल स्टक एक्सक्चेञ्ज (नेप्से) ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा पुगेको छ।
कारोबार रकम भने घटेको छ। आज ८ अर्ब ८१ करोड ९७ लाखको कारोबार भयो। अघिल्लो दिन १२ अर्ब १० करोडको कारोबार भएको थियो।
९८ कम्पनीको मूल्य बढ्यो, १५८ को घट्यो भने १२ को स्थिर रह्यो।
बिहीबारको कारोबारमा बैंकिङ, फाइनान्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीवन बीमा र अन्य समुहको उपसूचक घटेका छन् भने बाँकी सबै समुहका उपसूचक बढेका छन्। आज व्यापार समुह सबैभन्दा धेरै २.५३ प्रतिशत बढ्यो।
रिलायन्स स्पिनिङ मिल्स, रिज लाइन इनर्जी र सुर्यकुण्ड हाइड्राे इलेक्ट्रिककाे सेयर मूल्य १० प्रतिशतले बढेको छ भने भुजुङ हाइड्रोपावर र सुपरखुदी हाइड्रोपावरकाे सेयर मूल्य ९.९९ प्रतिशत र हाेटल फरेस्ट इनकाे सेयर मूल्य ९.९८ प्रतिशत बढेकाे छ।
आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र अपी पावर छन् ।
चैत १९, २०८२ बिहीबार १५:३८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।