भदौ २३ र २४ को आन्दोलनबारे छानबिन गर्न नयाँ आयोग गठन गर्न हर्क साम्पाङको माग
काठमाडौं : श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न नयाँ उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले शान्तिपूर्ण आन्दोलन गर्ने भनेर स्कुल ड्रेसमा बिध्यार्थीहरुलाई सडकमा ल्याएर हिंसात्मक गतिविधि गर्नेहरूबारे छानबिन गर्न माग गरेका हुन्।
उनले संसद् बैठकमा भदौ २३ मा विध्यार्थीहरुलाई झुक्क्याएर बोलाएर हिंसात्मक बनाउने र त्यसैको कृत्यमा भदौ २४ गते विध्वंस गर्नेहरूको पहिचानका लागि अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेका हुन्। यस अगाडि नै सुशीला कार्की नेतृत्वको समितिले गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो। सो आयोगले प्रतिवेदन बुझाए पनि निरन्तर विवाद भइरहेको छ।
मन्त्रिपरिषद्ले भदौ २४ बारे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरे पनि समिति भने गठन गरिसकेको छैन।
चैत १९, २०८२ बिहीबार १५:३५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।