प्रतिनिधि सभाको पहिलो बैठकमै एमालेको अवरोध, ओलीलाई तत्काल रिहाइ गर्न माग

प्रतिनिधि सभाको पहिलो बैठकमै एमालेको अवरोध, ओलीलाई तत्काल रिहाइ गर्न माग

काठमाडौं : नयाँ सरकार बनेपछिको पहिलो प्रतिनिधि सभा बैठकको एमालेले अवरोध गरेको छ।

प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरु उठेर प्रतिनिधि सभाको बैठक अवरोध गरेका हुन्।

त्यसपछि एमालेका सांसद गुरु बराललाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्यले बोल्न समय दिएका थिए।

उनले संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार भए पनि त्यस विपरीत सरकारले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोध जनाए।

त्यस्तै ओली पक्राउको विरोधमा भएको आन्दोलनमा सरकारले दमन गरेकोमा त्यसको विरोध समेत जनाए।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइको माग गर्दै आन्दोलनमा दमन गर्ने प्रहरीहरुमाथि कारबाहीको समेत माग गरे।

चैत १९, २०८२ बिहीबार १४:२९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।