जेडटिईको फ्ल्यागशिप मोडेल ‘रेड म्याजिक ११ प्रो’ सार्वजनिक

जेडटिईको फ्ल्यागशिप मोडेल ‘रेड म्याजिक ११ प्रो’ सार्वजनिक

काठमाडौं : जेडटिईको प्रिमियम गेमिङ स्मार्टफोन ब्रान्ड रेड म्याजिक आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ। कम्पनीले आफ्नो फ्ल्यागशिप मोडेल रेड म्याजिक ११ प्रो सार्वजनिक गरेको हो।

शक्तिशाली स्न्यापड्रागन ८ एलीट जेन ५ प्रोसेसर, १६ जीबी र्याम र ५१२ जीबी इन्टरनल स्टोरेज रहेको फोनमा १४४ हर्ट्ज रिफ्रेस रेटसहितको ६.८५ इन्च एमोलेड डिस्प्ले छ भने स्क्रिन-टु-बडी रेसियो ९५.३ प्रतिशत रहेको छ।

७५०० एमएएचको ठूलो ब्याट्री र ८० वाटको अल्ट्रा-फास्ट चार्जिङ सुविधा भएको फोन गेमिङका बेला फोन तात्न नदिन १३११६ mm² को भेपर च्याम्बर र लिक्विड इन्जेक्टेड कुलिङ प्रविधि प्रयोग गरिएको छ।

५० मेगापिक्सेलको मुख्य सेन्सरसहित ट्रिपल रियर क्यामेरा सेटअप र १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको फोन आइपी ६८ वाटर रेसिस्टेन्स, थ्रिडी अल्ट्रा-सोनिक इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र ब्लुटुथ ५.४ सपोर्ट सहित उपलब्ध छ।

नेपाली बजारमा रेड म्याजिक ११ प्रो (१६/५१२ जीबी) को मूल्य १ लाख ६४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। यो फोन शंकर ग्रुप तथा जगदम्बा मोबाइल्समार्फत नेपालभर उपलब्ध हुनेछ।

कम्पनीले लन्च अफर अन्तर्गत अग्रिम बुकिङ गर्ने ग्राहकहरूका लागि ५ हजार रुपैयाँ क्यासब्याक र २० हजार रुपैयाँ बराबरको रेड म्याजिक गेमिङ कन्सोल निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।

साथै, ग्राहकले शून्य प्रतिशत किस्ताबन्दीमा पनि यो फोन खरिद गर्न सक्नेछन्।

चैत १९, २०८२ बिहीबार १३:०८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।