हुण्डाई नेपालको ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ योजना, १ लाख ७५ हजारसम्मको नगद छुट
काठमाडौं : नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्ष २०८३ को अवसरमा ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ उपहार योजना सार्वजनिक गरेको छ।
यस विशेष योजना अन्तर्गत ग्राहकले निश्चित हुण्डाई मोडेलका गाडी खरिद गर्दा १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट र थप ९६ हजार रुपैयाँसम्म नयाँ वर्ष बोनस प्राप्त गर्न सक्नेछन्।
साथै, कम्पनीले एक वर्षको निःशुल्क बीमा र सवारी करको सुविधा पनि उपलब्ध गराएको छ। पुराना गाडी साट्न चाहनेका लागि आकर्षक मूल्यांकनसहितको एक्सचेन्ज सुविधा समेत रहेको छ।
अफर अन्तर्गत १ लाख ७५ हजार रुपैयाँसम्मको नगद छुट, ९६ हजार रुपैयाँसम्मको नयाँ वर्ष बोनस, १ वर्षको बीमा र सवारी करको नि:शुल्क सुविधा तथा बिक्रीपछि ६ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टीको सुविधा छ।
हुण्डाईले नेपालमै ५ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा ‘क्रेटा’ र ‘भेन्यू’ जस्ता लोकप्रिय मोडेलहरू एसेम्बल गर्दै आएको छ।
स्थानीय सीप र जनशक्तिको प्रयोग गरी उत्पादन गरिएका यी गाडीहरूमा दिइएको यो नयाँ वर्ष अफरले ग्राहकलाई थप प्रोत्साहन मिल्ने कम्पनीको विश्वास छ।
चैत १९, २०८२ बिहीबार १२:५२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।