एनसेलले दैनिक १०० एमबी निःशुल्क डेटा दिदै, हरेक हप्ता ५० जीबीसम्म जित्ने सकिने

एनसेलले दैनिक १०० एमबी निःशुल्क डेटा दिदै, हरेक हप्ता ५० जीबीसम्म जित्ने सकिने

काठमाडौं : एनसेलले आफ्ना ग्राहकका लागि डिजिटल अनुभवलाई थप उत्साहजनक बनाउन एनसेल एपमार्फत विशेष अफर सार्वजनिक गरेको छ।

यस अफरअन्तर्गत ग्राहकले दैनिक १०० एमबी निःशुल्क डेटा पाउनुका साथै साप्ताहिक रूपमा ५० जीबीसम्मको डेटा पुरस्कार जित्न सक्नेछन्।

सबै एनसेल ग्राहकले हरेक दिन एनसेल एपको ‘बाई प्याक’ मेनुमा गएर हरेक दिन १०० एमबी डेटा निःशुल्क सक्रिय गर्न सक्छन्। कम्पनीका अनुसार ग्राहकलाई डिजिटल जीवनशैली र एपका सुविधाहरूसँग अभ्यस्त गराउन यो योजना ल्याइएको हो।

ग्राहक संलग्नता बढाउन एनसेलले एपभित्रै विभिन्न मनोरञ्जनात्मक खेलहरू समावेश गरेको छ।

एनसेलको ‘प्ले एन्ड वीन’ अफर अन्तर्गत ग्राहकहरूले साप्ताहिक एपमा आधारित गतिविधिहरूमा सहभागिता जनाएर ५० जीबीसम्म डेटा जित्न सक्छन्। प्रयोगकर्ताहरूले दैनिक रुपमा एपमा गई स्पीन द ह्वील, म्याथ च्यालेन्ज,एनसेल रनर, स्क्राच एन्ड वीन जस्ता गेमहरुमामा संलग्न भई आफ्नो अंकहरु संकलन गर्न सक्छन्। 

हप्ताभरि संकलनभएको अंकका आधारमा ग्राहकहरुको स्थान निर्धारण गरिन्छ र सोही अनुसार उनीहरुले आकर्षक डेटा पुरस्कारका रुपमा जित्नेछन्। प्रत्येक हप्ता कुल ३,४१० जना ग्राहकले डेटा पुरस्कारका रुपमा प्राप्त गर्नेछन्, जसमा शीर्ष १० जनाले ५० जीबी डेटा प्राप्त गर्नेछन्।

उत्कृष्ट १ देखि १० जना ग्राहकहरूले जनही ५० जीबी डेटा प्राप्त गर्नेछन् भने ११ देखि ६० स्थानसम्मका ग्राहकहरूले १० जीबी, ६१ देखि १६० स्थानसम्मका ग्राहकहरूले ५ जीबी, १६१ देखि ४१० स्थानसम्मका ग्राहकहरूले १ जीबी, ४११ देखि ९१० स्थानसम्मका ग्राहकहरूले ५०० एमबी र ९११ देखि ३,४१० स्थानसम्मका ग्राहकहरूले जनही १०० एमबी डेटा पुरस्कार प्राप्त गर्नेछन्।

यो निःशुल्क डेटा अफर एनसेलको डिजिटल समावेशीकरण तथा ग्राहक संलग्नता अभिवृद्धि गर्ने योजना अन्तर्गत संचालनमा ल्याईएको हो। दैनिक निःशुल्क डेटा र विभिन्न क्रियाकलापमार्फत ग्राहक अनुभव अभिवृद्धि गर्दैएनसेलले डिजिटल पहुँचलाई अझ आकर्षक, सहभागितामूलक र सबैका लागि सहज बनाउने लक्ष्य राखेको छ।
 

चैत १९, २०८२ बिहीबार १२:४८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।