नयाँ वर्ष अफरसहित सेगवे ई११०एल पुनः बजारमा, ४१ हजारसम्म छुटको अवसर
काठमाडौं : सेगवेको आधिकारिक वितरक आइहब प्रालिले नयाँ वर्ष २०८३ को अवसरमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ‘सेगवे ई११०एल’ पुनः नेपाली बजारमा उपलब्ध गराएको छ।
दुई लाख ८४ हजार ९ सय ९९ मूल्य तोकिएको यो स्कुटरमा कम्पनीले आकर्षक उपहार र विशेष छुटको घोषणा गरेको छ।
यस अफरअन्तर्गत स्कुटर खरिद गर्दा ग्राहकले डिजिटल ट्याब, ब्रान्डेड हेल्मेट, स्कुटर कभर र टोट ब्यागका साथै एक वर्षको निःशुल्क मर्मत सेवा पाउनेछन्।
साथै, पहिलो २५ जना ग्राहकका लागि ‘अर्ली बर्ड’ डिस्काउन्ट अन्तर्गत ४१ हजार रुपैयाँसम्म बचत गर्ने मौका रहेको कम्पनीले जनाएको छ।
२४०० वाटको मोटर, ६२ किमी/घण्टाको अधिकतम गति भएको स्कुटर एकपटकको चार्जमा ६० देखि ११० किलोमिटरसम्म चल्ने दाबी गरिएको छ।
७२ भोल्ट २४ एम्पियर/घण्टाको लिथियम ब्याट्री भएको स्कुटरमा २७ लिटर बुट स्पेस, रिभर्स मोड, र १३० मिलिमिटर ग्राउन्ड क्लियरेन्सका अलावा जीपीएस ट्र्याकिङ, एन्टी-थेफ्ट सिस्टम, क्रुज कन्ट्रोल र म्याट्रिक्स एलइडी हेडलाइट रहेको छ।
खराब सडकमा पनि आरामदायी यात्राका लागि यसमा हाइड्रोलिक स्प्रिङ ड्याम्पिङ र सुरक्षाका लागि डुअल डिस्क ब्रेक राखिएको छ। रातो, सेतो र कालो रङमा उपलब्ध यो स्कुटर सहरभित्रको दैनिक यात्राका लागि उत्कृष्ट विकल्प मानिएको छ।
चैत १९, २०८२ बिहीबार ११:२१:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।