सामसङ नेपालको नयाँ वर्ष योजना : ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान घोषणा
काठमाडौं : सामसङ नेपालले नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै'स्मार्ट घर, स्मार्ट सुरुवात' नामक नयाँ अभियान सार्वजनिक गरेको छ।
अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुने यस अफर अन्तर्गत ग्राहकहरूले सामसङका टिभी र होम एप्लायन्सहरूको खरिदमा आकर्षक छुट, पक्का उपहार तथा सहज किस्ताबन्दी (EMI) सुविधाहरू प्राप्त गर्नेछन्।
यस अभियान अन्तर्गत सामसङका टिभीमा २५ प्रतिशत, वाशिङ मेसिनमा २३ प्रतिशत र रेफ्रिजरेटरहरूमा १७ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
यसका साथै, चुनिएका टिभी मोडेलहरूको खरिदमा १२ महिनासम्मको नि:शुल्क NETTV प्याकेज र वाशिङ मेसिनमा ६ केजी 'सर्फ एक्सेल म्याटिक' पक्का उपहारको रूपमा उपलब्ध गराइएको छ।
नयाँ वर्षको यस योजनालाई थप सहज बनाउन सामसङले पहिलो पटक २४ महिनासम्मको विस्तारित EMI (किस्ताबन्दी) सुविधा पनि ल्याएको छ। यस योजनामा ५० हजार भन्दा माथिका उपकरणहरू ४० प्रतिशत डाउनपेमेन्ट गरी खरिद गर्न सकिनेछ। यो योजनाले मासिक किस्ताको भार झण्डै आधा कम गर्ने कम्पनीले जनाएको छ।
सामसङ इन्स्टा फाइनान्समार्फत १२ महिनाको किस्ताबन्दीमा ० प्रतिशत ब्याजदरमा सामान खरिद गर्न पाउनेछन्। २४ महिनाको विकल्प रोज्दा ७.९९ प्रतिशत अतिरिक्त ब्याज लागू हुनेछ।
नयाँ उपकरणमा अपग्रेड गर्न चाहने ग्राहकहरूले 'अर्को स्टोर' वा नेपालभरका आधिकारिक सामसङ रिटेल स्टोरहरू मार्फत पुराना उपकरणहरू साट्न सक्ने सुविधा पनि दिइएको छ।
नयाँ वर्षको सुरुवातमा घरलाई स्मार्ट बनाउन र अत्याधुनिक प्रविधि भित्र्याउन चाहने परिवारका लागि यो योजना निकै उपयोगी हुने कम्पनीको विश्वास छ।
चैत १८, २०८२ बुधबार १३:५२:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।