ग्लोबल आइएमई बैंकको ‘दोस्रो एआई/एमएल ह्याकाथन’ घोषणा, आवेदन खुला

ग्लोबल आइएमई बैंकको ‘दोस्रो एआई/एमएल ह्याकाथन’ घोषणा, आवेदन खुला

काठमाडौं : नवप्रवर्तन र प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंक लिमिटेडले 'एआई/एमएल ह्याकाथन' को दोस्रो संस्करण आयोजना गर्ने भएको छ।

गत वर्ष नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक 'एआई/एमएल ह्याकाथन' सफलतापूर्वक सम्पन्न गरेको बैंकले यस वर्ष मे २९ देखि ३१ गतेसम्म दोस्रो संस्करण आयोजना गर्न लागेको हो।

यस प्रतियोगितामा प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेसाकर्मीहरूले सहभागिता जनाउन सक्नेछन्।

इच्छुक उम्मेदवारले आगामी मे ४, २०२६ भित्र बैंकको आधिकारिक वेबसाइटमार्फत आवेदन दिनुपर्नेछ।

सहभागी टोलीहरूले बैंकले तोकेका नवीन प्रविधिका विषयहरूमा केन्द्रित रहेर आफ्ना अवधारणाहरू प्रस्तुत गर्नुपर्नेछ।

जसअन्तर्गत दि अटोनोमस क्रेडिट एन्ड लेन्डिङ अर्केस्ट्रेटर, एजेन्टिक फ्रड डिटेक्सन​​​​​​​​​​​​​​, दि मल्टिलिङ्गुअल भ्वाइस बैंकिङ सहायक, सेन्टिनेल्स अफ द नेटवर्क- एआई ड्रिभन इन्ट्रुजन डिटेक्सन सिस्टम लगायतका विषय समावेश छन्।

प्रतियोगितामा उत्कृष्ट हुने टोलीलाई आकर्षक नगद पुरस्कारसहित ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्ने विशेष अवसरसमेत प्रदान गरिने बैंकले जनाएको छ।

डिजिटल बैंकिङ सेवामा आउने नवीन चुनौतीको समाधान खोज्न र प्रविधिमैत्री वित्तीय सेवालाई थप प्रभावकारी बनाउन यो ह्याकाथनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ।

चैत १८, २०८२ बुधबार १३:५१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।