काठमाडौं-दिल्ली उडान अब हप्तामा १० वटा
काठमाडौं : यात्रुको बढ्दो चाप र मागलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौं-दिल्ली-काठमाडौं रुटमा उडान संख्या थप गरेको छ।
निगमले चैत १७ गतेदेखि लागू हुने गरी उक्त रुटमा हप्ताको तीन दिन (मंगलबार, बिहीबार र शनिबार) बिहानीपखको उडान थप गरेको हो।
यसअघि निगमले यस रुटमा दैनिक एउटा मात्र उडान गर्दै आएको थियो। नयाँ व्यवस्थासँगै अब काठमाडौं–दिल्ली रुटमा निगमका हप्तामा कुल १० वटा उडान सञ्चालन हुनेछन्।
थपिएको नयाँ उडान (मंगलबार, बिहीबार र शनिबार) काठमाडौंबाट बिहान ०८:१० बजे उडेर ०९:५० मा दिल्ली पुग्नेछ। त्यस्तै, दिल्लीबाट बिहान १०:५० मा उडेर दिउँसो १२:५० मा काठमाडौं अवतरण गर्नेछ।
यसबाहेक नियमित दैनिक उडान काठमाडौंबाट दिउँसो १:२५ बजे उडेर २:५० मा दिल्ली पुग्नेछ। त्यस्तै, दिल्लीबाट दिउँसो ४:२० मा उडेर साँझ ६:१० मा काठमाडौं अवतरण गर्नेछ।
उडान विस्तारले यात्रुहरूलाई थप सहजता मिल्ने निगमले विश्वास लिएको छ।
चैत १८, २०८२ बुधबार १३:४७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।