‘पाँच वर्षसम्म निःशुल्क पेट्रोल’को स्किमसहित टीभीएसको नयाँ वर्षको अफर सार्वजनिक

‘पाँच वर्षसम्म निःशुल्क पेट्रोल’को स्किमसहित टीभीएसको नयाँ वर्षको अफर सार्वजनिक

काठमाडौं : नयाँ वर्ष २०८३ को अवसर पारेर टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रा’ अफर सार्वजनिक गरेको छ। 

योजनाअन्तर्गत टीभीएसका मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले विभिन्न आकर्षक छुट र सुविधाहरू ल्याएको छ।

अफर अन्तर्गत हरेक दिन ग्राहकले ५ वर्षसम्मको निःशुल्क पेट्रोल जित्ने मौका पाउनेछन्।

यस्तै खरिदमा दैनिक अधिकतम ५ लाख रुपैयाँसम्मको छुट, न्यूनतम २ हजार ९६७ रुपैयाँको मासिक किस्ताबन्दी र जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटरको साट्न सक्नेछन्।

कम्पनीका अनुसार यो अफर नगद, एक्सचेन्ज र फाइनान्स गरी तीनवटै माध्यमबाट खरिद गर्दा लागू हुनेछ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता र उपाध्यक्ष दिपक रौनियारले यो अफरले ग्राहकको स्वामित्व अनुभवलाई अझ उत्कृष्ट र किफायती बनाउने विश्वास व्यक्त गरे।

चैत १८, २०८२ बुधबार १३:४१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।