बुधबार १८ चैत, २०८२
इलाममा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं : ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलामबाट एक पुरुषलाई पक्राउ गरेको छ।
देउमाई नगरपालिका-३ सुर्के बस्ने ४० वर्षीय राजु विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार, पीडित महिलाले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले विकलाई नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चैत १८, २०८२ बुधबार १०:३९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।