चैत १९ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस
काठमाडौं : सरकारले आगामी चैत १९ गते (बिहीबार)का लागि संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको अधिवेशन आह्वानका लागि सिफारिस गरिएको हो।
फागुन २१ गते सम्पन्न निर्वाचनपछि पहिलो पटक प्रतिनिधिसभाको अधिवेशन आह्वान हुन लागेको हो। यसअघि फागुन २१ को निर्वाचनभन्दा अगाडि नै राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको थियो।
चैत १६, २०८२ सोमबार १८:०५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।