मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री बालेनको चस्मा गायब

मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री बालेनको चस्मा गायब

काठमाडौं : सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। १४ मन्त्रीसहित प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अध्यक्षतामा बैठक सुरु भएको हो। सरकार गठनपछिको यो दोस्रो बैठक भएकाले यसले महत्वपूर्ण निर्णय गर्न सक्छ।

शुक्रवारको बैठकले सरकारको सय दिनको कार्यसूचीसँगै गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमध्ये सुरक्षा संयन्त्रका सदस्यहरू बाहेकको बारेमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यही निर्णयमा टेक्दै गृहमन्त्री सुदन गुरुङले गरेको निर्णयको आधारमा एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेका थिए।

अधिकांश बैठकहरूमा प्रधानमन्त्री बालेन कालो चस्मासहितै देखिन्थे। तर सोमबार बसेको मन्त्रीपरिषद्को बैठकमा भने उनी चस्माहीन देखिएका छन्।

चैत १६, २०८२ सोमबार १६:४०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।