दराजको '४.४ नव वर्ष उत्सव' सार्वजनिक : ७५ प्रतिशतसम्म छुट र आकर्षक उपहारको घोषणा
काठमाडौं : अनलाइन सपिङ प्लेटफर्म दराजले नयाँ वर्ष २०८३ को अवसरमा '४.४ नव वर्ष उत्सव' अभियान सार्वजनिक गरेको छ। आगामी चैत २० गते (अप्रिल ३) बेलुका ८ बजेदेखि सुरु हुने सेल अभियान चैत २७ गते (अप्रिल १०) सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।
अभियानअन्तर्गत ग्राहकले विभिन्न सामानको खरिदमा ७५ प्रतिशतसम्मको मेगा छुट, निःशुल्क डेलिभरी र कुल ८३ लाख रुपैयाँ बराबरको भौचरहरू प्राप्त गर्न सक्नेछन्। नयाँ वर्षलाई लक्षित गर्दै कम्पनीले दैनिक फ्ल्यास सेलका साथै ४४, ४४४, १४४४ र २४४४ रुपैयाँका विशेष डिलहरू समेत प्रस्तुत गरेको छ।
बैंकिङ साझेदारहरूतर्फ नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी विकास बैंक र नेपाल बैंकका ग्राहकले क्रेडिट कार्डमार्फत १५ प्रतिशत (अधिकतम ७५० रुपैयाँ) र डेबिट कार्डमार्फत १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) सम्म छुट पाउनेछन्। साथै, ईसेवा र खल्ती प्रयोगकर्ताका लागि 'रस आवर' अफर समेत उपलब्ध गराइएको छ।
यस पटकको मुख्य आकर्षणका रूपमा एक भाग्यशाली विजेताले १ लाख ८० हजार रुपैयाँ बराबरको 'फिलिप्स होम एप्लायन्स' को १५ वटा सामग्रीसहितको ग्रान्ड पुरस्कार जित्न सक्नेछन्।
यस्तै, अन्य पुरस्कारहरूमा भिभो भी३० स्मार्टफोन, जिम एक्सरसाइज साइकल र विभिन्न इलेक्ट्रोनिक्स सामग्रीहरू रहेका छन्। लक्की ड्रमा सहभागी हुन ग्राहकले दराज एपमार्फत न्यूनतम पाँच हजार रुपैयाँको खरिद गर्नुपर्ने सर्त राखिएको छ।
अभियानबारे जानकारी दिँदै दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन्, "४.४ सेलले नेपालको डिजिटल व्यापार प्रणालीलाई सुदृढ बनाउने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ। हामीले ग्राहकहरूलाई उत्कृष्ट किनमेल अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौं।"
थप जानकारीका लागि दराजको वेबसाइट वा मोबाइल एप प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।
चैत १६, २०८२ सोमबार १६:१२:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।