यामाहा हाइब्रिडको क्रेज : एकै हप्तामा सबै स्टक बिक्री, नयाँ बुकिङ सुरु
काठमाडौं : यामाहा नेपालले हालै सार्वजनिक गरेको देशकै पहिलो हाइब्रिड मोटरसाइकल 'FZS FI Hybrid' बजारमा आएको एक हप्तामै सबै युनिट बिक्री भएको छ। नयाँ प्रविधि र उच्च माइलेजप्रतिको आकर्षणका कारण उपलब्ध स्टक छोटो समयमै सकिएको कम्पनीले जनाएको छ।
FZ सिरिजको विरासतमा आधारित यस मोडललाई कम्पनीले सुधारिएको इन्धन दक्षता, शक्तिशाली प्रदर्शन र न्यून उत्सर्जनका लागि डिजाइन गरेको छ। सहरी ट्राफिक र बढ्दो इन्धन मूल्यको चुनौतीलाई सम्बोधन गर्ने गरी ल्याइएको मोटरसाइकलले बजारमा राम्रो प्रभाव देखिएको छ।
पहिलो ब्याचको सफलतापछि यामाहा नेपालले अर्को ब्याचका लागि आधिकारिक रूपमा प्रि-बुकिङ खुला गरेको छ। इच्छुकले देशभरका आधिकारिक डिलर वा कम्पनीको सामाजिक सञ्जालमार्फत बुकिङ गर्न सक्नेछन्। मागलाई ध्यानमा राख्दै नयाँ स्टक छिट्टै उपलब्ध गराउने र समयमै डेलिभरी सुनिश्चित गर्ने कम्पनीको योजना छ।
यस उपलब्धिबारे बोल्दै यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले भने, “प्रविधि र माइलेजको महत्त्व बढिरहेको वर्तमान समयमा प्राप्त प्रतिक्रिया उत्साहजनक छ। यसले यामाहाको उत्पादनप्रतिको विश्वासलाई प्रतिबिम्बित गर्दछ।”
उनले नेपाली राइडरहरूको आवश्यकता अनुसार नवीन यातायातका साधन ल्याउन कम्पनी प्रतिबद्ध रहने समेत बताए।
चैत १६, २०८२ सोमबार १६:०३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।