सिप्रदीले सार्वजनिक गर्यो ५ वर्ष बढी टिक्ने ब्याट्री : ३ घण्टामै फूल चार्ज, मर्मतको झन्झटमुक्त
काठमाडौं : सिप्रदी ट्रेडिङले नेपाली बजारमा ई-रिक्साका लागि अत्याधुनिक ‘एक्साइड ई-राइड’ लिथियम-आयन ब्याट्री सार्वजनिक गरेको छ। ई-रिक्सा चालकहरूको सञ्चालन खर्च घटाउने र आम्दानी बढाउने उद्देश्यका साथ नयाँ प्रविधिको ब्याट्री बजारमा ल्याइएको हो।
यो ब्याट्री एआईएस-१५६, फेज-२ प्रमाणित हुनुका साथै सुरक्षाका लागि आइपि ६७ रेटिङ प्राप्त छ, जसले यसलाई पानी र सर्ट सर्किटबाट जोगाउँछ। ब्याट्रीसँगै कम्पनीले २ वर्षको वारेन्टी भएको २५ एम्पियरको एसएमपीएस चार्जर समेत उपलब्ध गराएको छ। यो चार्जरको सहायताले ब्याट्री ३ देखि ४ घण्टामा पूर्ण चार्ज हुने कम्पनीले जनाएको छ।
परम्परागत लेड-एसिड ब्याट्रीको आयु औसतमा १ देखि २ वर्ष मात्र हुने भए तापनि यो लिथियम-आयन ब्याट्री ५ देखि ८ वर्षसम्म टिक्ने क्षमताको छ। हल्का तौल र उच्च क्षमताका कारण यसले ई-रिक्सालाई बढी माइलेज दिने र समान पावर कायम राख्न मद्दत गर्दछ। साथै, यसमा बारम्बार पानी थप्नु पर्ने झन्झट नहुने र मर्मत खर्च पनि न्यून हुने भएकाले यो ई-रिक्सा व्यवसायीहरूका लागि किफायती मानिएको छ।
कम्पनीले ब्याट्रीमा ३६ महिनाको वारेन्टी प्रदान गरेको छ। ब्याट्री नेपालभरका सबै आधिकारिक एक्साइड डिलरहरूमार्फत उपलब्ध हुने सिप्रदी ट्रेडिङले जानकारी दिएको छ।
चैत १६, २०८२ सोमबार १५:४९:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।