४७ अंकले घट्यो नेसे, १२ अर्ब ९६ करोडको कारोबार
काठमाडौं : सोमबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ। नयाँ सरकार गठन भएपछिको दोस्रो कारोबार दिन पनि सेयर बजार ओरालो लागेको हो।
नेपाल स्टक एक्सक्चेञ्ज (नेप्से) ४७.७१ अंकले घटेर २८१३.३९ विन्दुमा पुगेको छ।
बजारसँगै कारोबार रकम पनि घटेको छ। आज १२ अर्ब ९६ करोड ६५ लाख बराबरको कारोबार भयो। अघिल्लो दिन १५ अर्ब ३ करोडको कारोबार भएको थियो।
२६ कम्पनीको मूल्य बढ्दा २३७ को घट्यो भने ५ को स्थिर रह्यो।
आज सबै समुहका उपसूचकहरु घटेका छन्। व्यापार सबैभन्दा धेरै २.५६ प्रतिशत घट्यो। त्यस्तै बैंकिङ १.८६, विकास बैंक १.२४, फाइनान्स २.००, होटल तथा पर्यटन १.१८, हाइड्रोपावर १.९३, लगानी १.५९, जीवन बीमा १.४०, उत्पादन तथा प्रशोधन ०.२१, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.८२ र अन्य समूह २.१३ प्रतिशत घटे।
रिलायन्स स्पीनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटेल फरेष्ट इनको सेयर मूल्य १० प्रतिशत बढ्यो। यस्तै, सुपर खुदी हाइड्रोपावर ९.९९, सूर्यकुण्ड हाइड्रो ९.९८ र सप्तकोशी विकास बैंक ९.८३ प्रतिशतले बढे।
आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट, अपी पावर र नेसनल हाइड्रोपावर कम्पनी छन् ।
चैत १६, २०८२ सोमबार १५:४७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।