लागू औषधसहित आठ जना पक्राउ

लागू औषधसहित आठ जना पक्राउ

काठमाडौं : प्रहरीले देशका छुट्टाछुट्टै ठाउँबाट लागू औषधसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।

चन्द्रागिरी नगरपालिका-२ नाग ढुङ्गाबाट नियन्त्रित लागू औषध ट्राम डोल ३६ हजार ५०० ट्याब्लेटसहित पर्सा पकहाँ मैनपुर गाउँपालिका-५ बस्ने २२ वर्षीय सतेन्द्र प्रसाद चौर सिया समेत ५ जना आइतबार बिहान पक्राउ परेका छन्।
 
प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नाग ढुङ्गाबाट खटिएको प्रहरीले वीर गन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००६ ख १८०५ नम्बरको बसमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

पर्सा, वीरगन्ज महानगरपालिका-१६ शङ्कराचार्य गेटबाट लागू औषध गाँजा करिब ७ किलो ५०० ग्रामसहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा भारत बेतिया बस्ने ३९ वर्षीय जावेद अंसारी, २८ वर्षीय गरिब महम्द र २४ वर्षीय महम्द रजिस रहेका छन्। प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

चैत १६, २०८२ सोमबार १२:०१:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।