तोलामा २५ सय रुपैयाँ घट्यो सुन, चाँदी पनि सस्तियो

तोलामा २५ सय रुपैयाँ घट्यो सुन, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। 

आज सुनको मूल्य तोलामा एक हजार पाँच सय र चाँदीमा २० रुपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सयमा कारोबार भइरहेको छ। आइतबार सुन २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदी भने तोलामा चार हजार सात सय रुपैयाँमा कारोबार भइरेको छ। आइतबार चाँदी ४ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको थियो।
 

चैत १६, २०८२ सोमबार ११:३५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।