क्रियाशील सदस्यता नवीकरण रोक्ने धम्कीका बिच कांग्रेसको कार्यवाहक सभापतिका हैसीयतमा खड्काले बोलाए केन्द्रिय समितीको बैठक

क्रियाशील सदस्यता नवीकरण रोक्ने धम्कीका बिच कांग्रेसको कार्यवाहक सभापतिका हैसीयतमा खड्काले बोलाए केन्द्रिय समितीको बैठक

काठमाडौं : निर्वाचन आयोगबाट मान्यता नपाएको नेपाली कांग्रेसको समूहले धुम्बाराहीको एक होटलमा केन्द्रिय समितीको बैठक बोलाएको छ। 

१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय समिती नै आधिकारिक रहेको दाबी गर्ने समूहले बैठक आव्हान गरेको हो।

पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रूपमा बोलाएको बैठकमा १४ औ महाधिवेशनबाट निर्वाचित पदाधीकारी र केन्द्रीय सदस्यहरूलाई बोलाईएको छ। खड्का र शेखर कोइरालाले केही दिन अगाडि विशेष महाधिवेशनको पक्षमा नभएका पार्टीका नेताहरूलाई बोलाएर छलफल गरेपछि उनी पुन कार्यवाहक सभापतिका रूपमा सक्रिय भएका हुन्।

उनले यो बिचमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउबारे कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेका थिए। उनको विज्ञप्तिपछि विशेष महाधिवेशन पक्षधरहरूले भने कारवाहीको चेतावनीसहित यस्तै गतिविधी गरे पार्टीको क्रियाशिल सदस्यता नै नविकरण नगर्ने तयारी गरेका छन्।

फागुन २१ अगाडि नियमित महाधिवेशन मागे पनि सो सम्भव नभएपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशन गरेर गगनको नेतृत्वमा नयाँ कार्यसमिती घोषणा भएको थियो। निर्वाचन आयोगले सोही समितीलाई मान्यता दिएपछि खड्का पक्षधर सर्वोच्च अदालत गएको छ। मुद्दा सर्वोच्चमा विचाराधिन छ।

चैत १६, २०८२ सोमबार १०:५४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।