प्रशासनिक निर्णयका आधारमा जघन्यमा पक्राउ प्रणाली अदालतले स्विकार्यो, ओली र लेखकलाई पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौं : पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पाँच दिन न्यायिक हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको आइतबार न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।
ओली र लेखक शुक्रवार भदौ २३ मा लापरबाही गरेर ब्यक्तीको ज्यान लिन संलग्न रहेको आरोपमा पक्राउ परेका थिए। गौरी बहादुर कार्की आयोगको प्रतिवेदनमा भदौ २३ मा नयाँ बानेश्वरमा भएको दमनमा प्रदर्शनकारी मारिनुमा यी दुवैको लापरबाही जिम्मेवार रहेको भन्दै दुवैमाथि ज्यान मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रका सदस्यहरूको हकमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गर्दै अन्यको हकमा तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा गृहमन्त्री सुदन गुरुङले ओली र लेखकलाई पक्राउ गर्न निर्णय गर्दै प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि दुबै जना शनिबार विहान आ-आफ्नो घरबाट पक्राउ परेका थिए।
अदालतबाट म्याद आए पनि उनीहरुको पक्राउ गैर कानुनी भएको दाबी गर्दै आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ। अदालतले एमाले अध्यक्ष समेत रहेका ओलीको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेश दिएको छ।
चैत १५, २०८२ आइतबार १८:०९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।