रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध परेको रिट पूर्ण इजलासमा पठाउन आदेश दिएको छ। 

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा प्रारम्भिक बहस सकिएपछि मुद्दाको जटिलता र संवेदनशीलतालाई ध्यानमा राख्दै पूर्ण इजलासमा पठाउन आदेश दिएको हो।

पूर्वमहान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछाने विरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगहरू फिर्ता लिने निर्णय गरेकी थिइन्।

केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा भएको उक्त निर्णय कानुनविपरीत रहेको दाबी गर्दै युवराज पौडेल, दिनेश त्रिपाठी र आभास रेग्मीले छुट्टाछुट्टै रिट दायर गरेका थिए।
 
अब ती सबै रिटनमाथि पूर्ण इजलासले अन्तिम फैसला गर्नेछ।

चैत १५, २०८२ आइतबार १७:२६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।