बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप, ९ जना नियन्त्रणमा
काठमाडौं : एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका कार्यकर्ता र प्रहरीबीच बबरमहलमा झडप भएको छ।
अदालत अगाडि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि झडप सुरु भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ।
सो क्रममा एकजना प्रदर्शनकारी घाइते भएका छन् भने प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ।





चैत १५, २०८२ आइतबार १६:५९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।