नयाँ सरकार गठनपछिको सेयर बजार ७१ अंकले घट्यो, १५ अर्ब बढीको कारोबार
काठमाडौं : नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले घटेको छ। आइतबार नेपाल स्टक एक्सक्चेञ्ज (नेप्से) ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा कायम भएको छ।
बजार घटे पनि कारोबार रकम बढेको छ। आज १५ अर्ब ३ करोडको कारोबार भयो। बिहीबार १३ अर्ब १६ करोडको कारोबार भएको थियो।
९ कम्पनीको मूल्य बढ्दा २५६ को घट्यो भने एउटाको स्थिर रह्यो ।
कारोबारमा सबै समूहका उपसूचक घटेका छन्। फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो। त्यस्तै बैंकिङ २.७८, विकास बैंक २.८९, होटल तथा पर्यटन २.२५, हाइड्रोपावर २.२१, लगानी २.९८, जीवन बीमा २.२०, उत्पादन तथा प्रशोधन १.०७, माइक्रोफाइनान्स २.११, निर्जीवन बीमा २.२३, अन्य २.५२ तथा व्यापार ३.०१ प्रतिशत घटे।
दुई सय ५५ कम्पनीको शेयर मूल्य घट्दा १० वटाको मात्र बढेको छ।
रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड र रिजलाइन हाईड्रोपावर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव १७ प्रतिशतले घटेको छ।
आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, ङादी ग्रुप, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट र नेसनल हाइड्रोपावर कम्पनी छन्।
चैत १५, २०८२ आइतबार १५:५२:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।