टिचिङमा उपचाररत ओलीलाई के भएको हो?
काठमाडौं : एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा उपचार भइरहेको छ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा कारबाही सिफारिस भएपछि अनुसन्धानका क्रममा पक्राउ परेका उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो।
मुटुको चालमा गडबडी भएको महसुस भएपछि उनलाई अस्पतालमा भर्ना गरीएको थियो।
अस्पताल प्रशासनले आइतबार जारी गरेको विज्ञप्ति अनुसार, ओलीको अस्पतालको एनेक्स-१ स्थित बेड नम्बर ५०१ मा राखेर चिकित्सकहरूको विशेष निगरानीमा उपचार भइरहेको छ।
मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीमा हाइड्रोनेफ्रोसिस (मिर्गौला सुन्निने समस्या), मधुमेह, उच्च रक्तचाप, थाइराइड र पित्तथैलीको पत्थरी जस्ता स्वास्थ्य समस्याहरू देखिएका छन्। साथै, उनको मुटुको धड्कनसँग सम्बन्धित समस्याको पनि उपचार भइरहेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार हाल उनको अवस्था स्थिर रहेको छ।
चैत १५, २०८२ आइतबार १५:३३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।