एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना छुटे, तोडफोडमा संलग्न धमला बैंकिङ कसुरका फरार अभियुक्त

एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना छुटे, तोडफोडमा संलग्न धमला बैंकिङ कसुरका फरार अभियुक्त

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा समातिएका ७ मध्ये ६ जना रिहा भएका छन्। 

शनिबार काठमाडौँको बबरमहलबाट नियन्त्रणमा लिइएकामध्ये एक जना भने दुई वटा बैंकिङ कसुरको मुद्दाका 'फरार प्रतिवादी' रहेको खुलेको छ।

प्रदर्शनका क्रममा पक्राउ परेका विमल धमला बैंकिङ कसुर मुद्दामा फरार रहेको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए। उनलाई थुनामा राखेर थप अनुसन्धान अघि बढाइएको छ।

धमलाले बबरमहल क्षेत्रमा पार्किङ गरी राखिएको एउटा निजी स्कोर्पियो गाडी तोडफोड गर्ने प्रयास गरेका थिए।

चैत १५, २०८२ आइतबार ११:३१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।