पूर्वगृहमन्त्री लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइयो
काठमाडौं : पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ।
शनिबार सार्वजनिक बिदा परेका कारण आइतबार म्याद थप र अनुसन्धानका लागि अदालत उपस्थित गराइएको हो।
आजै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालत उपस्थित गराइँदै छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको ठुलो मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए।
आयोगले जेनजी आन्दोलनका क्रममा भएको भनिएको लापरबाही र हेलचेक्र्याइँका कारण मानिसहरूको ज्यान गएको निष्कर्ष निकाल्दै तत्कालीन सरकार प्रमुख ओली र गृहमन्त्री लेखकमाथि अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो।
चैत १५, २०८२ आइतबार ११:०३:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।