काभ्रेमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक : काभ्रेमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

बनेपा नगरपालिका–३ तीनघरेमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। बसको ठक्करबाट बनेपाका १६ वर्षीय राजेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिए।

यस्तै, बनेपा नगरपालिका–८ मा जिपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ। जिपको ठक्करबाट बनेपा–१० पुलबजारका ८० वर्षका गङ्गालाल मानन्धरको मृत्यु भएको हो। 

दुर्घटनामा संलग्न चालक र सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

चैत १४, २०८२ शनिबार १७:१२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।