ओली पक्राउको विरोध गर्दै बाजुरामा एमालेको प्रदर्शन
बाजुरा : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ गरेको विरुद्धमा बाजुरामा विरोध प्रर्दशन गरिएको छ। एमाले जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गरिएको हो।
ओली पक्राउपछि पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आज देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो। सोही अनुरुप बाजुरामा पनि ओलीको रिहाईको माग गर्दै विरोध गरिएको हो।
विदेशी हस्तक्षेप मूर्दावाद, गृहमन्त्री राजीनामा गर, ओलीको रिहाई गर, २३ र २४ गतेको घटनाको निष्पक्ष छानविन गर, राज्य आतंक बन्द गर, देश जलाउनेलाई कारवाही गर, विदेशी दलाल होसियार जस्ता नारा लगाएका थिए।
बाजुरा जिल्लाको सदरमुकाम मार्तडी लगायत अन्य ठाउँमा एमालेका नेता तथा कार्यकर्ताहरुले बालेन नेतृत्वको सरकारको विरोध गरेका हुन्। नवनियुक्त सरकारले सुरुमै प्रतिशोधको राजनीति गरेको उनीहरुको ठहर छ।
आज जनसंगठनले विरोध गरेको र भोली जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन सहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम रहेको एमाले बाजुराले जनाएको छ।
चैत १४, २०८२ शनिबार १६:५८:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।