बलात्कार आरोपमा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ

बलात्कार आरोपमा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं : बलात्कारको आरोपमा एमालेका नेता एवं पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। 

जिल्ला प्रहरी परिसर ललितपुर र सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई शनिबार ललितपुरको सातदोबाटोबाट नियन्त्रणमा लिएको हो।

मुगुको सोरु गाउँपालिका–१० घर भएका ५२ वर्षीय मल्लविरुद्ध  जिल्ला प्रहरी परिसर ललितपुरमा एक महिलाले बलात्कारको उजुरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकार दिए। 

बालकुमारीको एक होटलमा आफूलाई मल्लले बलात्कार गरेको उनको आरोप छ। पीडितले सुरुमा भ्रुणहत्या सम्बन्धी जाहेरी दिए पनि पछि बलात्कारको मुद्दा दर्ता गराएकी थिइन्।

पीडित महिलाले गत फागुन ५ गते नै प्रहरीमा उजुरी दिएकी थिइन्। मल्ललाई कारबाहीको माग गर्दै उनी माइतीघरमा आमरण अनसन समेत बसेकी थिइन्।

पीडित महिला कालिकोटकी स्थानीय हुन्।
 

चैत १४, २०८२ शनिबार १६:११:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।