त्रिचन्द्र क्याम्पस नजिकैको थकाली रेष्टुरेन्टमा आगलागी, आगो निभाउने प्रयास जारी

त्रिचन्द्र क्याम्पस नजिकैको थकाली रेष्टुरेन्टमा आगलागी, आगो निभाउने प्रयास जारी

काठमाडौं : काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेज नजिकै रहेको थकाली रेस्टुरेन्टमा आज (शनिबार) दिउँसो आगलागी भएको छ।

रेष्टुरेन्ट भवनको माथिल्लो तलामा एक्कासी आगलागी भएको हो। 

आगो निभाउनका लागि दमकलसहित ठूलो संख्यामा सुरक्षाकर्मीहरू खटिएका छन्। अहिले आगो निभाउने  प्रयास भइरहेको छ। 

आगलागीको कारण खुल्न सकेको छैन। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चैत १४, २०८२ शनिबार १४:५०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।