ओली त्रिवि शिक्षण अस्पतालको ५०१ नम्बर बेडमा भर्ना
काठकाडौं : पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिसम्बन्धी घटनामा अनुसन्धानका क्रममा पक्राउ परेका उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएकोमा त्यहीँ भर्ना गरिएको हो।
नेफ्रोलोजी र प्याथोलोजी विभागका विशेषज्ञ चिकित्सकहरूले जाँच गरेपछि उनलाई भर्ना गरिएको अस्पताल स्रोतले बताएको छ।
‘नेफ्रोलोजी र प्याथोलोजी विभागका विशेषज्ञ चिकित्सकहरूले हेरेपछि उहाँलाई क्याबिनतर्फको ५०१ नम्बर बेडमा भर्ना गरिएको छ’, अस्पताल स्रोतले उकेरासँग भन्यो।
ओलीले दुई पटकसम्म मिर्गौला प्रत्यारोपण गरिसकेका छन्।
चैत १४, २०८२ शनिबार ११:०५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।