झन्डा पूजा गरेर बालुवाटारको सरकारी निवासमा छिरे प्रधानमन्त्री बालेन

झन्डा पूजा गरेर बालुवाटारको सरकारी निवासमा छिरे प्रधानमन्त्री बालेन

काठमाडौं : राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको शपथ लिएर प्रधानमन्त्रीको कार्यभार सम्हालेका बालेन्द्र शाह (बालेन) शुक्रवारै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गए। प्रधानमन्त्रीको शपथ खाँदा कालो दौरा सुरुवाल लगाएका उनी प्रधानमन्त्रीको सरकारी निवास पुग्दा भने कालो कोटपेन्टमा थिए।

शुक्रवारै प्रधानमन्त्रीको पदभार लिएर मन्त्रीपरिषद् बैठक राखेपछि उनी परिवारसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका हुन्।

उनी बालुवाटार पुग्दा निवास अगाडि पूजाको तयारी भइसकेको थियो। उनी पूजास्थलमा गए। अनि पूजाको विधि पुरा गरेर राष्ट्रिय झन्डा पूजा गरेपछि विधिवत् रूपमा प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरे।

चैत १३, २०८२ शुक्रबार १९:३५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।