प्रधानमन्त्री बालेनले सम्हाले कार्यभार

प्रधानमन्त्री बालेनले सम्हाले कार्यभार

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'ले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएर दिउँसो २:१५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवेश गरेका प्रधानमन्त्री शाहले ब्रिफिङ लिँदै मन्त्री र सचिवहरूलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्री शाहलाई मुख्यसचिव सुमनराज अर्याललगायत सचिवहरूले स्वागतसहित ब्रिफिङ गरेका थिए।

चैत १३, २०८२ शुक्रबार १६:२४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।