ट्रम्पको इरानलाई चेतावनी- 'अझै ढिलो नगर, वार्तामा आऊ'
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानलाई मध्यपूर्व युद्ध अन्त्य गर्ने उद्देश्यले वार्तामा संलग्न हुन आग्रह गरेका छन्।
इजरायलले इरानी रिभोलुसनरी गाड्र्सको नौसेनाका कमान्डरलाई मारेको भन्दै युद्धको सुरुवातदेखि नै ‘स्ट्रेट अफ हर्मुज’ को जलमार्ग अवरुद्ध गरिएको थियो।
यो परिस्थितिका लागि अमेरिका र इजरायल ’प्रत्यक्ष जिम्मेवार’ रहेको इरानले बताएको छ भने हर्मुज जलमार्गको अवरुद्धताले विश्वव्यापीरूपमा आर्थिक प्रभाव पार्ने भएपछि राष्ट्रपति ट्रम्पले वार्तामा संलग्न हुन इरानलाई सुझाव दिए।
हर्मुज क्षेत्रको अधिकांश भाग रहेको इरानसँग अमेरिकाले शान्ति योजना प्रस्ताव गरेको बताइएको छ तर इरानले यसका लागि सहमत नभएको बताइरहेको छ।
पाकिस्तानका शीर्ष कूटनीतिज्ञले बिहीबार वार्ताको पुष्टि गर्दै इस्लामाबादले ‘अमेरिका-इरान अप्रत्यक्ष वार्ता’ को मध्यस्थता गरिरहेको र तेहरानले १५ बुँदे अमेरिकी योजनालाई ‘छलफल’ गरिरहेको बताए। उनले भने, “धेरै ढिलो नगरीकन उनीहरू चाँडै गम्भीर हुनु राम्रो हुन्छ।”
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा इरानको ‘सैन्य संरचना नष्ट गरिएको र फेरि यो अवस्थामा फर्कने कुनै सम्भावना नभएको’ चेतावनी दिए। इरानका उच्च कूटनीतिज्ञले बुधबार ट्रम्प प्रशासनसँग ‘वार्ता’ भएको कुरा ठाडै अस्वीकार गरे पनि ‘मित्र देशहरू’ मार्फत सन्देशहरू आदानप्रदान भइरहेको स्वीकार गरे।
“अहिले हाम्रो नीति नै प्रतिरोधको निरन्तरता हो,” विदेशमन्त्री अब्बास अराघचीले भने। इस्लामाबादलाई छिमेकी इरान र संयुक्त राज्य अमेरिका दुवैसँग लामो समयदेखिको सम्बन्ध र क्षेत्रीय सम्पर्कको नेटवर्कका कारण मध्यस्थकर्ताको रूपमा हेरिएको छ।
पाकिस्तानका विदेशमन्त्री इशाक दारले ‘भाइचारा राष्ट्रहरू’ टर्की, इजिप्ट र अन्य देशहरूले पनि यस प्रक्रियालाई सहयोग गरिरहेको बताएका छन्।
चैत १२, २०८२ बिहीबार २०:४८:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।