रास्वपा संसदीय दलको नेतामा बालेन चयन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह 'बालेन' चयन भएका छन्।
वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले बालेनलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।
बैठकमा पार्टी सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेताका रूपमा चयन गर्न प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावलाई केन्द्रीय समितिले सर्वसम्मतिले पारित गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।
प्रवक्ता झाका अनुसार केन्द्रीय समितिको निर्णयलाई अब बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्नेछ। प्रधानमन्त्री नियुक्तिका लागि संसदीय दलको नेता हुनुपर्ने संवैधानिक व्यवस्था बमोजिम रास्वपाले बालेनलाई दलको नेता चयन गरेको हो।
संसदीय दलको बैठकबाट निर्णय अनुमोदन भएलगत्तै यसबारे औपचारिक जानकारी राष्ट्रपति कार्यालयलाई गराइनेछ। संसदीय दलको नेता चयनको प्रक्रिया पूरा भएपछि बालेनलाई प्रधानमन्त्रीमा नियुक्त प्रक्रिया अघि बढाइने छ। बालेनको शपथ ग्रहण कार्यक्रम शुक्रबार मध्याह्न १२:३४ बजेका लागि तय भएको छ।
चैत १२, २०८२ बिहीबार १७:२९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।