प्रतिपक्षमा बसेर सरकारलाई जबाफदेही बनाउँछौं : राई

प्रतिपक्षमा बसेर सरकारलाई जबाफदेही बनाउँछौं : राई

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। 

नवनिर्वाचित सांसदको शपथ समारोहमा सहभागी हुन बिहीबार सिंहदरबारस्थित संसद् भवन पुगेका उनले सञ्चारकर्मीसँग सरकारलाई सिर्जनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्ने बताए। 

“प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेही बनाउन प्रश्न गर्छौं, सहयोग गर्छौं, सरकारले गर्नुपर्ने काममा प्रतिपक्षले रचनात्मक सहयोग गर्नेछ। सरकार र देशलाई सघाउने पक्षमा सदैव सकारात्मक भूमिकामा रहने छौं। प्रतिपक्षमा रहेर सशक्त भूमिका निर्वाह गर्छौं,” राईले भने।

सुनसरी क्षेत्र नं १ बाट निर्वाचित सांसद राईले देशभर स्वच्छ पिउने पानीको पहुँच पुर्याउन आफू लागिपर्ने बताए।  

चैत १२, २०८२ बिहीबार १४:५३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।